प्रचण्डको प्रस्ताव: देश संकटमा छ, ओलीसहित सबै कम्युनिस्ट एकताबद्ध होऔँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिलाई एकताका लागि आह्वान गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी कार्यक्रममा उनले देश अहिले असाधारण संकटमा रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकताको प्रस्ताव गरेका हुन्।
प्रचण्डले ओलीका साथै मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’लगायत बाँकी कम्युनिस्ट समूहलाई पनि पूर्वाग्रह त्यागेर एकताबद्ध हुन आग्रह गरे। उनले यो देशको वस्तुगत आवश्यकता बनेको बताए।
कार्यक्रममा प्रचण्डले सरकारको आलोचना पनि गरे। उनले देशमा विवेक, विचार र सिद्धान्तभन्दा आवेग, पूर्वाग्रह तथा निरंकुश प्रवृत्ति बढ्दै गएको र जनता चिमोट्ने तथा आतंकित पार्ने प्रवृत्ति बढेको आरोप लगाए।
नेकपाका सहसंयोजक माधवकुमार नेपालले पनि कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रियताको संरक्षण र समाजवादको लक्ष्य प्राप्तिका लागि सबै कम्युनिस्ट तथा समाजवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन्। उनले विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको निराशालाई चिर्नुपर्ने बेला आएको बताए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


