१७ कात्तिक २०८३ English
English

एनपीएल: रसेल चम्किँदा विराटनगरले जनकपुरलाई २ रनले हरायो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएल: रसेल चम्किँदा विराटनगरले जनकपुरलाई २ रनले हरायो
तस्बिर: देशसञ्चार

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा जितका लागि १७५ रनको लक्ष्य पछ्याएको जनकपुर लक्ष्यभन्दा २ रन टाढा रोकियो।

यो जितसँगै विराटनगरले प्रतियोगितामा दोस्रो जित निकाल्दै तालिकाको पहिलो स्थानमा उक्लिएको छ।

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल खेलमा चम्किए। उनी प्रतियोगितामा दोस्रो पटक प्लेयर अफ द म्याच बनेका छन्। अन्तिम ओभरमा टोलीलाई जित दिलाउन पाउँदा खुसी लागेको रसेलले बताए। उनले नेपालको प्रतिभा देखेर आफू प्रभावित भएको पनि बताएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 17 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार