एनपीएल: चितवनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा दोस्रो जित निकालेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२९ रन बनाएको थियो। २७ रनमा २ विकेट गुमाएको अवस्थामा रवि बोपारा र डाविड मलानले तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए। बोपाराले चौथो विकेटका लागि कप्तान सिकन्दर राजासँग ३२ रन जोडे। बोपारा अर्धशतकका लागि १ रन आवश्यक रहेका बेला ठूलो सट प्रहार गर्ने क्रममा आउट भए।
१३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ओपनर सैफ जैबलाई चाँडै गुमाएको थियो। रन्जित कुमारको बलमा ब्रान्डन म्याकमुलेन र कप्तान दीपेन्द्रसिंह ऐरी आउट हुँदा टोली केही दबाबमा परेको थियो।
सुदूरपश्चिमका लागि म्याकमुलेनले २१ बलमा ६ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ४३ रन बनाए। इशान पाण्डेले २९ बलमा २ चौकासहित २५ रन जोडे। अन्ततः सुदूरपश्चिमले ५ विकेट बाँकी छँदै लक्ष्य पूरा गर्यो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


