एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्। दुवै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।
दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्नेछन्। काठमाडौं गोर्खाजको कप्तानी करण केसीले र कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन्। कर्णालीका लागि यो तेस्रो खेल हो भने काठमाडौंले दोस्रो खेल खेल्न लागेको हो।
बेलुकी ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।
चितवनका समर्थकलाई काठमाडौं ल्याउन निःशुल्क बसको व्यवस्था गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


