कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक आज सिंहदरबारमा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्ने कांग्रेसले जनाएको छ। बैठकमा नेकपा एमालेसहितका प्रतिपक्षी दलहरूलाई बोलाइएको छ।
बैठकमार्फत सरकारको जवाफदेहिता खोजिने विषयमा पनि छलफल हुने बताइएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


