पश्चिमी वायुको प्रभाव: हिमाली र पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा तथा हिमपात हुन सक्ने

यतिबेला नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली छ।
महाशाखाका अनुसार दार्चुला, बझाङ र हुम्लाका एक–दुई ठाउँमा अहिले हल्का वर्षा तथा हिमपात भइरहेको छ। आज पनि देशका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मुरासु नामको मौसम प्रणालीबारे विभागले विशेष बुलेटिन निकालेको छ। अहिलेसम्मको विश्लेषणअनुसार यो प्रणालीले नेपालको मौसममा खासै असर नगर्ने बुलेटिनमा लेखिएको छ।
नयाँ प्रणालीको असर नपर्ने भएकाले किसानले ढुक्क भएर धान काट्न सक्ने मौसमविद्हरूको सुझाव छ। उनीहरूका अनुसार अबको दुई हप्तासम्म नेपालमा ठूलो पानी पार्ने प्रणाली आउने सम्भावना छैन।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


