अर्नबको प्रभाव घट्दै, अपराह्नपछि क्रमशः मौसममा सुधार आउने

अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात शनिबार अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि अर्नबको प्रभाव कम हुँदै जाने र मौसममा सुधार आउने जनाएको छ।
शनिबार देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। गण्डकी प्रदेशका धेरैजसो क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ भने अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज काठमाडौँ र पोखरामा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। काठमाडौँ र पोखरामा वर्षाको सम्भावना ८० प्रतिशत रहेको बताइएको छ।
बिहीबार रातिदेखि परेको पानीले शनिबार बिहानसम्म देशका अधिकांश भूभाग भिजाएको छ। शनिबार बिहानसम्मको पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा मनाङको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर मापन भएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


