१४ कात्तिक २०८३ English
English

बाढीपहिरोले पृथ्वी राजमार्गसहित १२ भन्दा बढी सडक अवरुद्ध, हेटौँडा–काठमाडौँका दुई सडक पनि ठप्प

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीपहिरोले पृथ्वी राजमार्गसहित १२ भन्दा बढी सडक अवरुद्ध, हेटौँडा–काठमाडौँका दुई सडक पनि ठप्प
तस्बिर: राजधानी

बाढीपहिरोका कारण पृथ्वी राजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन्। अविरल वर्षाका कारण धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

लगातारको वर्षाले पहिरो र लेदो खसेपछि हेटौँडाबाट काठमाडौँ जोड्ने दुईवटा सडकमार्गमा पनि सवारी आवागमन अवरुद्ध भएको छ। कान्तिलोकपथमा पहिरो खसेको छ भने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक पनि अवरुद्ध छ। हेटौँडा–काठमाडौँ आवागमनका लागि फाखेल सडक र त्रिभुवन राजपथ भने सञ्चालनमा छन्।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा शनिबार बिहान करिब १०:३० बजे लेदोसहितको पहिरो खस्दा हेटौँडा–भीमफेदी–दक्षिणकाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

अविरल वर्षा जारी रहँदा देशका विभिन्न भागमा सडक यातायात प्रभावित भएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 14 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार