प्रहरीले पत्रकारबाट निष्पक्ष र तथ्यपूर्ण रिपोर्टिङको अपेक्षा गर्छ: आईजीपी कार्की

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी संगठनले पत्रकारहरूबाट सधैँ निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका छन्। विभिन्न सञ्चारगृहबाट शुक्रबार पत्रकारहरू पक्राउ परेको भोलिपल्ट उनले यस्तो धारणा राखेका हुन्।
आईजीपी कार्कीले सञ्चारकर्मीको पत्रकारितामा कुनै पनि प्रकारको अवरोध हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सञ्चारकर्ममा बाधा पुग्न नदिन नेपाल प्रहरी दृढ प्रतिबद्ध रहेको बताएका छन्।
उनले विपद्को क्षति न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको पनि बताएका छन्। विपद्बाट जनधनको सुरक्षा गर्ने काममा नेपाल प्रहरी सधैँझैँ आफ्नो मूल दायित्व पूरा गर्न सक्रिय रहने बताउँदै उनले त्यसका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको निरन्तर साथ, सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


