१३ कात्तिक २०८३ English
English

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी फरार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी फरार
तस्बिर: रातोपाटी

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन्। कारागारभित्रबाट सुरुङ खनेर उनीहरू शुक्रबार राति भागेका हुन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले कैदीहरू गएराति सुरुङ खनेर भागेको जानकारी दिए।

घटनाबारे प्रमुख जिल्ला अधिकारी हमालले सीसी क्यामेराको फुटेज हेरिरहेको बताइन्। थप विवरण अध्ययन गरेपछि मात्र जानकारी दिन सकिने उनको भनाइ छ।

फरार कैदीहरूको नाम र उनीहरूमाथि लागेको मुद्दाबारे अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार