१३ कात्तिक २०८३ English
English

तमोर कोरिडोरको नावा खोलामा बाढीमा बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तमोर कोरिडोरको नावा खोलामा बाढीमा बस फस्यो, ३० यात्रुको सकुशल उद्धार
तस्बिर: थाहाखबर

ताप्लेजुङबाट काठमाडौँका लागि छुटेको एक यात्रुबाहक बस शुक्रबार अपराह्न बाढीमा फसेको छ। तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती क्षेत्रमा रहेको नावा खोलामा बस फसेको हो।

निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि बस फसेको थियो। बसमा सवार ३० जना यात्रुको सकुशल उद्धार गरिएको छ।

नावा खोलामा पानीको बहाव बढेसँगै तमोर कोरिडोरअन्तर्गतको सडक पनि अवरुद्ध भएको छ। सडकमा खोलामाथि पुल निर्माण हुन बाँकी रहेकाले यसअघि सवारीसाधन खोलाबाटै पार गर्ने गरिएको थियो।

निरन्तरको वर्षाका कारण खोलामा पानी बढेपछि यो सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार