१३ कात्तिक २०८३ English
English

पत्रकार पक्राउको सत्तारुढ रास्वपासहित प्रमुख दलहरूले गरे विरोध

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पत्रकार पक्राउको सत्तारुढ रास्वपासहित प्रमुख दलहरूले गरे विरोध
तस्बिर: अनलाइनखबर

पत्रकारहरूलाई समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका प्रमुख दलहरूले विरोध गरेका छन्।

रास्वपाले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने तथा समाचार कक्षमै प्रवेश गरेर धरपकड गर्ने कार्य पार्टीको नीति र सिद्धान्तविपरीत रहेको जनाएको छ। पार्टीले यस विषयमा सरकारसँग जवाफ मागेको छ। रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले 'पुलिस स्टेट' बन्द गर्न माग गरेका छन्।

नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले पत्रकारलाई पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिइएको भन्दै सरकारलाई निरङ्कुशताको बाटो नहिँड्न चेतावनी दिएका छन्। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले पनि विज्ञप्ति जारी गरेर सरकारी कदमको भर्त्सना गरेका छन्।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पत्रकार पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले पत्रकारको बिनासर्त रिहाइ माग गरेका छन् भने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पत्रकारलाई धम्क्याउने र पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न माग गरेका छन्।

यसैबीच, नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरूले शनिबार बिहान ८ बजेदेखि एक घण्टा काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना दिने घोषणा गरेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार