१३ कात्तिक २०८३ English
English

सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द, खाता रोक्का

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द, खाता रोक्का
तस्बिर: रातोपाटी

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक अधिकार रद्द गरेको छ। मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नभएपछि यस्तो कदम चालिएको हो।

मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाउँपालिका, पर्साको जिराभवानी गाउँपालिका र काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको खाता रोक्का गरेको छ।

सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि मन्त्रालयले यी पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक अधिकार रद्द गरेको हो। मन्त्रालयको सरुवा निर्णय कार्यान्वयन नहुँदा यी तीन पालिकाको आर्थिक कारोबार रोकिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार