बाढीपीडितको राहत र पुनःस्थापनाका लागि नेपाललाई २१.६ मिलियन डलर अनुदान

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपालले २१.६ मिलियन अमेरिकी डलर अनुदान पाउने भएको छ। यो रकम करिब पौने ३ अर्ब नेपाली रुपैयाँ बराबर हो।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो। मन्त्रालयका अनुसार गत भदौ १० गते आएको बाढीबाट भएको मानवीय तथा आर्थिक क्षति सम्बोधन गर्न नेपालले गरेको आग्रहअनुसार हानि–नोक्सानी कोषले अनुदान दिने निर्णय गरेको हो।
अनुदान रकम बाढी प्रभावित परिवारको राहत र पुनःस्थापनामा उपयोग गरिनेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


