बाढीपहिरोको जोखिम: कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द

अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौं जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा यातायात आवागमनमा रोक लगाएको हो।
बंगालको खाडीमा विकसित चक्रवात 'अर्नब'को प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेका बेला बाढीपहिरोको जोखिम कम गर्न प्रशासनले यो निर्णय गरेको हो। राति यात्रा गर्ने यात्रुलाई यही अनुसार आफ्नो यात्रा तय गर्न आग्रह गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


