१३ कात्तिक २०८३ English
English

नयाँ पत्रिकाबाट प्रहरी फर्कियो, पत्रकार मैनाली र पन्तलाई भोलि साइबर ब्युरोमा उपस्थित हुन निर्देशन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नयाँ पत्रिकाबाट प्रहरी फर्कियो, पत्रकार मैनाली र पन्तलाई भोलि साइबर ब्युरोमा उपस्थित हुन निर्देशन
तस्बिर: अनलाइनखबर

पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै नयाँ पत्रिका दैनिकको कार्यालय पुगेको नेपाल प्रहरीको टोली कार्यालयबाट बाहिरिएको छ।

अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै सादा पोसाकका प्रहरी शुक्रबार करिब सवा पाँच बजे समाचार कक्षमा पुगेका थिए। उनीहरू करिब अढाइ घण्टासम्म कार्यालय परिसरमै बसेका थिए।

प्रहरी टोलीले पत्रकार मैनालीलाई भोलि बिहान १० बजे साइबर ब्युरोमा उपस्थित हुन मौखिक निर्देशन दिएको छ। अनलाइनखबरका अनुसार पन्तलाई पनि सोही समयमा ब्युरोमा उपस्थित हुन भनिएको छ।

नयाँ पत्रिकाको कार्यालयमा प्रहरी पुगेपछि नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालसहितको टोली पनि त्यहाँ पुगेको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार