१३ कात्तिक २०८३ English
English

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा
तस्बिर: इमेजखबर

समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले शुक्रबार राति फेसबुकमा स्टाटस लेखेर यो जानकारी दिएका हुन्।

मन्त्री तिमिल्सिनाले लेखेका छन्, 'पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।'

यसअघि प्रधानमन्त्री कार्यालयले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न र पत्रकारमाथिको धरपकड रोक्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएको थियो। प्रधानमन्त्रीको सचिवालयले घटनामा प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको पनि स्पष्ट पारेको थियो।

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी साढे ३ घण्टापछि रिहा भएका हुन्। उनी समाचार लेखेकै आधारमा शुक्रबार साँझ समाचार कक्षबाटै पक्राउ परेका थिए। नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खुलाउन दबाब दिँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार