१३ कात्तिक २०८३ English
English

पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेशविरुद्ध माइतीघरमा पत्रकारको मौन प्रदर्शन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेशविरुद्ध माइतीघरमा पत्रकारको मौन प्रदर्शन
तस्बिर: रातोपाटी

नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन प्रदर्शन गरेका छन्। प्रेस स्वतन्त्रता सुनिश्चित गर्न माग गर्दै पत्रकारहरू झरीमा रुझ्दै प्रदर्शनमा सहभागी भएका थिए।

पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरीले गरेको धरपकडविरुद्ध यो प्रदर्शन आयोजना गरिएको हो। महासंघ केन्द्रीय समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि मौन धर्ना दिने कार्यक्रम घोषणा गरेको थियो। महासंघले पत्रकारितामाथि सरकारी हस्तक्षेप भएको बताएको छ।

यसैबीच, जवाफदेहिता निगरानी समिति (एडब्लूसी) ले पत्रकारहरूको गिरफ्तारी, धरपकड तथा प्रेस स्वतन्त्रताको उपभोगमा अवरोध पुर्‍याउने गरी भएका प्रहरी हस्तक्षेपका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। समितिले पत्रकारमाथिको प्रहरी हस्तक्षेपलाई लोकतन्त्रमाथिकै प्रहार भनेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार