पहिरोले बीपी राजमार्ग र बेनी–जोमसोम सडक अवरुद्ध, हिमपातले कोरला नाका ठप्प

बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ गिम्दीबेँसीमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार वर्षा जारी रहेकाले सडकमा यातायात सेवा ठप्प छ।
म्याग्दीमा शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएका छन्। जिल्ला प्रशासन कार्यालयले बेनी नगरपालिकासहितका क्षेत्रमा पहिरो खसेको जनाएको छ।
अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ भने वर्षासँगै पहिरो पनि खसेको छ।
हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै कोरला नाकास्थित सीमापारि चीनतर्फ रहेको नेपाली हाटबजार शुक्रबारदेखि दुई दिनका लागि बन्द गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


