१३ कात्तिक २०८३ English
English

लगातारको वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलका आजका दुवै खेल प्रभावित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
लगातारको वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलका आजका दुवै खेल प्रभावित
तस्बिर: रातोपाटी

बिहीबारदेखि लगातार परेको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) भइरहेको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जलमग्न भएको छ। मैदानलाई त्रिपालले छोपिए पनि पानी त्रिपालभित्रै छिरेको छ।

एनपीएलको तेस्रो संस्करणअन्तर्गत शनिबार दुई खेल हुने तालिका छ। दिउँसो १२:३० बजे पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज भिड्ने तालिका छ। साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने तालिका छ।

काठमाडौँमा २४ घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेकाले दुवै खेल प्रभावित हुने निश्चितजस्तै भएको छ। शनिबार पनि वर्षा जारी रहेकाले निर्धारित समयमा खेल सञ्चालन हुने सम्भावना निकै कम देखिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार