सल्यानमा दुई छुट्टाछुट्टै जिप दुर्घटनामा ४ जनाको मृत्यु, १८ जना घाइते

सल्यानमा शुक्रबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा १८ जना घाइते भएका छन्।
जिल्लाका दुई स्थानमा जिप दुर्घटना भएका हुन्। एउटा दुर्घटना सिद्ध कुमाख गाउँपालिकामा भएको हो।
सुरुमा दुर्घटनामा तीन जनाको मृत्यु भएको र १९ जना घाइते भएको खबर आएको थियो। पछि मृतकको संख्या चार पुगेको हो।
दुर्घटनामा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ मालारानीका २५ वर्षीय पप्पु डाँगी र बोलेरो चालक २३ वर्षीय अम्मरबहादुर घर्ती गम्भीर घाइते भएका थिए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


