कोप–३१ मा विपक्षीसहित सबै दलका प्रतिनिधिलाई सहभागी गराउने सरकारको तयारी

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न सरकारले तयारी गरेको छ। जलवायु परिवर्तनका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज बलियो बनाउन विपक्षी दलका प्रतिनिधिलाई समेत सहभागी गराउन लागिएको हो।
सम्मेलनमा नेपालको सहभागिता प्रभावकारी बनाउने विषयमा दलका प्रतिनिधिहरूसँग छलफल भएको छ।
सम्मेलन आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुँदैछ। सम्मेलनमा ‘हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धि’ शीर्षकको विषय एजेन्डामा राख्न नेपाल र भुटानले संयुक्त प्रस्ताव गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


