१४ कात्तिक २०८३ English
English

कुलेखानी जलाशय भरिन लागेपछि पहिलो चेतावनी, तल्लो तटीय क्षेत्रमा सतर्कता आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कुलेखानी जलाशय भरिन लागेपछि पहिलो चेतावनी, तल्लो तटीय क्षेत्रमा सतर्कता आग्रह
तस्बिर: रातोपाटी

लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ।

नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार ड्यामको जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलसतह बढ्ने दर उच्च हुँदै गएको छ। पानीको सतह बढ्दै गएपछि आयोजनाले पहिलो चेतावनी जारी गरेको छ।

चक्रवात ‘अर्नब’को प्रभावले मुलुकको सबैभन्दा ठूलो जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजना (इन्द्रसरोवर) को जलाधार क्षेत्रमा शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको छ। दिउँसोसम्म जलसतह एक हजार ५२८ मिटर नाघ्ने अनुमान गरिएको छ।

केन्द्रले कुलेखानी ड्यामको तल्लो तटीय क्षेत्र र नदीकिनार आसपास बस्नेहरूलाई सतर्क रहन आग्रह गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 14 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार