१६ कात्तिक २०८३ English
English

निलम्बित नेतालाई कार्यक्रममा बोलाएपछि राप्रपाले मकवानपुर अध्यक्षसँग माग्यो स्पष्टीकरण

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
निलम्बित नेतालाई कार्यक्रममा बोलाएपछि राप्रपाले मकवानपुर अध्यक्षसँग माग्यो स्पष्टीकरण
तस्बिर: नागरिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अनुशासन समितिले मकवानपुर जिल्ला अध्यक्ष ऋषिलाल श्रेष्ठसँग स्पष्टीकरण मागेको छ।

पार्टीबाट निलम्बनमा परेका बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको कार्यक्रममा सहभागी गराएको विषयमा समितिले स्पष्टीकरण मागेको हो।

पार्टीले निलम्बन गरेका व्यक्तिलाई बोलाएर स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरिएको र विभिन्न आयोजनाको निरीक्षणका नाममा उनीहरूलाई आयोजनास्थलसम्म लगिएको कार्यलाई पार्टीले गम्भीरतापूर्वक लिएको जनाएको छ।

निलम्बित नेतालाई अतिथि बनाएर पार्टीको कार्यक्रम गरिएको विषयमा जिल्ला अध्यक्ष श्रेष्ठले अब अनुशासन समितिलाई जवाफ दिनुपर्नेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार