१६ कात्तिक २०८३ English
English

पहिलो काठमाडौँ फिल्म फेस्टिभल सम्पन्न, 'भकुण्डे भूत' लाई सम्पदा भिडियो अवार्ड

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पहिलो काठमाडौँ फिल्म फेस्टिभल सम्पन्न, 'भकुण्डे भूत' लाई सम्पदा भिडियो अवार्ड

YouTube मा सब्स्क्राइब

काठमाडौँ महानगरपालिकाले पहिलो पटक आयोजना गरेको काठमाडौँ फिल्म फेस्टिभल आइतबार सम्पन्न भएको छ। युनेस्कोको फिल्मसम्बन्धी सिर्जनशील सहर सञ्जालको सदस्यका रूपमा काठमाडौँले यो तीनदिने महोत्सव गरेको हो। महोत्सवले सिनेमालाई पर्दामा मात्र सीमित नराखी सहरको कला, संस्कृति र सम्पदासँग जोड्ने प्रयास गरेको छ।

पहिलो दिन बसन्तपुर क्षेत्रमा सांस्कृतिक प्रस्तुति र सम्पदा पदयात्रा भएको थियो। दोस्रो दिन रातो कार्पेट समारोह र फिल्मकर्मीको जमघट मुख्य आकर्षण बनेको थियो। सोही दिन भारतीय अभिनेत्री शबाना आजमी र नेपाली अभिनेत्री स्वस्तिमा खड्काबीच भृकुटीमण्डपमा अन्तरसंवाद भएको थियो।

व्यावसायिक फिल्मले आर्थिक रूपमा बलियो बनाएको र कलात्मक फिल्मले आत्मिक सन्तोष दिएको आजमीले बताउनुभएको छ। महोत्सवअन्तर्गत महानगरले गरेको 'माइ कल्चर, माइ हेरिटेज' सर्ट भिडियो च्यालेन्जमा जीवन सुनुवार निर्देशित 'भकुण्डे भूत' प्रथम भएको छ। परम्परागत विश्वास र रहस्यमा आधारित यो भिडियो करिब पाँच मिनेट लामो छ।

अनुभव श्रेष्ठको 'द सोल अफ गुठी' दोस्रो र सौगात सापकोटाको 'झिँगु छेँ' तेस्रो भएका छन्। च्यालेन्जमा करिब ३५ भिडियो परेका थिए, जसमध्ये करिब ११ वटा प्रारम्भिक चरणमा छानिएका थिए। विजेतालाई आइतबार पुरस्कार हस्तान्तरण गरिएको छ।

स्रोत

सम्बन्धित समाचार