भुटानमा ४० हजार स्वयंसेवकले एकै दिन १०८ बौद्ध स्तूप बनाए

भुटानमा आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले एकै दिनमा १०८ वटा बौद्ध स्तूप निर्माण गरेका छन्। समाचार संस्था एएफपीका अनुसार स्वयंसेवकले मध्यरातपछि काम थालेर दिनभरमै सबै स्तूप तयार पारेका हुन्। प्रत्येक १५ मिटर अग्ला यी स्तूप भारतसँगको सीमा नजिकै नदी किनारमा १२ किलोमिटर क्षेत्रमा बनाइएका छन्।
यो क्षेत्र भविष्यमा बन्ने गेलेफु माइन्डफुलनेस सिटीभित्र पर्छ। राजा जिग्मे खेसर नामग्याल वाङचुकले सन् २०२४ मा शाही आदेशमार्फत यो विशेष क्षेत्र स्थापना गर्नुभएको थियो। उहाँले यसलाई जीवन्त आर्थिक केन्द्र बनाउने उद्देश्य राख्नुभएको थियो।
नयाँ सहरमार्फत रोजगारी सिर्जना गरी युवालाई देशमै राख्ने र हरित प्रविधिमा लगानी भित्र्याउने भुटानको लक्ष्य छ। सहर विकासमा क्रिप्टोकरेन्सी र डिजिटल सम्पत्ति उपयोग गर्ने योजनासमेत बनाउन खोजिएको छ। चीन र भारतबीच रहेको भूपरिवेष्टित भुटानको जनसङ्ख्या झन्डै ८ लाख छ।
भुटान कुल राष्ट्रिय खुसीलाई प्राथमिकता दिने नीतिका लागि चिनिन्छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

