१५ कात्तिक २०८३ English
English

ट्रम्प: इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण बाँकी; होर्मुज खुल्ने संकेत

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ट्रम्प: इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण बाँकी; होर्मुज खुल्ने संकेत

YouTube मा सब्स्क्राइब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमसँग जोडिएका एक–दुई लक्ष्यमा आक्रमण गर्न अझै बाँकी रहेको बताउनुभएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग शनिबार फोनवार्ता गरेपछि फ्लोरिडास्थित निवासमा पत्रकारसँग कुरा गर्दै उहाँले इरानको आणविक क्षमता ध्वस्त पारिसकेको दाबी गर्नुभएको छ। बाँकी लक्ष्यमा ‘पिकएक्स माउन्टेन’ नामक शङ्कास्पद आणविक स्थल पनि रहेको उहाँले उल्लेख गर्नुभयो।

तर, अमेरिका तत्काल थप सैन्य कारबाहीको हतारमा नरहेको उहाँको भनाइ छ। फेब्रुअरीको अन्त्यमा सुरु भएको युद्ध टुङ्ग्याउन इरानसँगको वार्ता सकारात्मक दिशामा रहेको तर इरानलाई पूर्ण विश्वास गर्न नसकिने ट्रम्पले बताउनुभएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपतिले थप आक्रमणबारे निर्णय नगरेको र कूटनीतिलाई प्राथमिकता दिएको बताउनुभएको छ।

अमेरिकाले पछिल्ला हप्तामा पश्चिम एसियामा हवाई सुरक्षा प्रणाली, गोलाबारुद र सैन्य उपकरण थपेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। अर्कोतर्फ इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सम्भावित अमेरिकी र इजरायली खतराको जवाफ दिन सैन्य कमान्डरलाई निर्देशन दिएको जनाइएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले कतारी मध्यस्थकर्तामार्फत हर्मुज जलमार्ग खोल्नेबारे वार्ता भइरहेको बताउनुभएको छ।

तर अमेरिकाले तेहरानका सर्त स्वीकार गरेमा मात्र जलमार्ग खुल्ने उहाँको भनाइ छ। इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पत्र समीक्षा गरेको र त्यसमा अमेरिकी शैली केही बदलिएको अलजजीराले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार