डकार युथ ओलम्पिक: पौडीबाज आर्या र अभिवले बोके नेपालको झन्डा

सेनेगलको डकारमा सुरु भएको युथ ओलम्पिकको उद्घाटन समारोहमा पौडी खेलाडी आर्या महर्जन र अभिव प्रधानले नेपालको झन्डा बोक्नुभएको छ। शनिबार मध्यराति रङ्गीचङ्गी कार्यक्रमसहित भएको समारोहमा नेपालसहित २०४ राष्ट्र र युथ शरणार्थी ओलम्पिक टोलीले मार्चपास गरेका छन्। अफ्रिकी भूमिमा ओलम्पिक प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो।
दुवै झन्डावाहकले हालै सम्पन्न आइची–नागोया एसियाली खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गर्नुभएको थियो। अक्टोबर ३१ देखि नोभेम्बर १३ सम्म चल्ने प्रतियोगितामा नेपाल पौडी, उसु र जुडो गरी तीन खेलमा सहभागी छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

