१५ कात्तिक २०८३ English
English

नेपालगन्ज अन्तर्राष्ट्रिय पौडी: २४ स्वर्णसहित सगरमाथा स्वीमिङ क्लब अगाडि

· १ मिनेट पढाइ
नेपालगन्ज अन्तर्राष्ट्रिय पौडी: २४ स्वर्णसहित सगरमाथा स्वीमिङ क्लब अगाडि

YouTube मा सब्स्क्राइब

बाँकेको नेपालगन्जमा शनिबारदेखि सुरु भएको नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको पहिलो दिन ललितपुरको सगरमाथा स्वीमिङ क्लबले २४ स्वर्ण पदक जितेर अग्रता लिएको छ। पहिलो दिन ३८ व्यक्तिगत र २ रिले गरी ४० इभेन्ट सम्पन्न भएको प्रतियोगिताका प्रमुख रेफ्री विष्णु खड्का क्षेत्रीले जानकारी दिनुभएको छ। भारतको नयाँदिल्लीस्थित इलाइट स्वीमिङ एकेडेमी १० स्वर्णसहित दोस्रो स्थानमा छ।

ललितपुरको रातो बंगला स्कुल र काठमाडौंको मपिल क्यानेडियन स्कुल दुई-दुई स्वर्ण जितेर तेस्रो स्थानमा छन्। भारतको लखनऊका गल्स कलेज र शिखा एकेडेमी चौथो स्थानमा छन्। दुई दिनसम्म चल्ने प्रतियोगितामा फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेड्ले गरी छ विधाका ८० इभेन्ट छन्।

आठ वर्षमुनिदेखि १७ वर्षसम्मका उमेर समूह र १७ वर्षभन्दा माथिको खुला समूहमा खेलाडीले भाग लिएका छन्। नेपालगन्ज स्वीमिङ क्लबले नेपाल पौडी संघको प्राविधिक सहयोगमा यो प्रतियोगिता गराएको हो। नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शनिबार प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो।

स्रोत

सम्बन्धित समाचार