१४ कात्तिक २०८३ English
English

नेपालकी रशिला तामाङले जितिन् कोलोन ट्रेल रन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेपालकी रशिला तामाङले जितिन् कोलोन ट्रेल रन

YouTube मा सब्स्क्राइब

नेपालकी ट्रेल धाविका रशिला तामाङले भुटानमा शुक्रबार सम्पन्न कोलोन ट्रेल रनको महिलातर्फको उपाधि जित्नुभएको छ। ४२ किलोमिटरको कठिन पहाडी मार्ग उहाँले ७ घण्टा ११ मिनेट २६ सेकेन्डमा पार गर्नुभएको हो। बेल्जियमकी भान्या नप्स ७ घण्टा १८ मिनेट १७ सेकेन्डसहित दोस्रो र भुटानकी सांगे छोदेन तेस्रो स्थानमा रहनुभएको छ।

दौडमा २७ देशका १५२ धावकधाविका सहभागी थिए। कठिन पहाडी मार्गसँगै पानी र हिउँले प्रतिस्पर्धालाई थप चुनौतीपूर्ण बनाएको थियो। प्रतिकूल मौसमका बाबजुद पहिलो स्थान हासिल गरेकी रशिलाले भुटानमा प्रतिस्पर्धा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार