१४ कात्तिक २०८३ English
English

मुख्य याममै वर्षा र हिमपातले पोखराको पर्यटन व्यवसाय सुस्त

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मुख्य याममै वर्षा र हिमपातले पोखराको पर्यटन व्यवसाय सुस्त

YouTube मा सब्स्क्राइब

वर्षा र हिमपातका कारण मुख्य पर्यटकीय याममै पोखरासहित गण्डकीका पर्यटकीय क्षेत्रमा चहलपहल घटेको छ। दसैँपछि पर्यटक बढिरहेका बेला शुक्रबारदेखि सुरु भएको प्रतिकूल मौसमले पदयात्रामा असर पारेको हो। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार पदयात्राका लागि सबैभन्दा राम्रो याममा मौसम बिग्रँदा कतिपय पर्यटकले यात्रा रद्द गरेका छन्।

जोखिम मूल्याङ्कन गरेर निश्चित क्षेत्रमा मात्र पदयात्रा रोक्नुपर्ने उहाँले बताउनुभएको छ। सबै ठाउँमा एकैपटक रोक लगाउँदा नेपालका पदमार्ग असुरक्षित रहेको सन्देश बाहिर जाने उहाँको भनाइ छ। स्थानीय प्रशासनलगायतका निकायले केही दिनअघि नै पर्यटकलाई पदयात्रामा नजान सार्वजनिक सूचना जारी गरेका थिए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डाक्टर रवीन कडरियाले मौसमकै कारण केही दिनयता अन्नपूर्ण क्षेत्रमा पर्यटकीय गतिविधि सुस्त भएको बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार