१४ कात्तिक २०८३ English
English

चिकित्सा सेवा पर्यटन प्रवर्द्धन गर्न सरकारले कार्यदल बनाउने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चिकित्सा सेवा पर्यटन प्रवर्द्धन गर्न सरकारले कार्यदल बनाउने

YouTube मा सब्स्क्राइब

सरकारले नेपाललाई क्षेत्रीय मेडिकल हबका रूपमा विकास गर्ने लक्ष्यसहित चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल बनाउने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कार्यदल गठन गरी छिट्टै काम सुरु गर्ने निर्णय गरेको हो। बैठकको अध्यक्षता प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार जगदीशप्रसाद अग्रवालले गर्नुभएको थियो।

बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधि सहभागी थिए। उपचारका लागि नेपाल आउने विदेशी बिरामीलाई लक्षित गरी यो क्षेत्र व्यवस्थित बनाउने विषयमा बैठकमा छलफल भएको थियो। यसका लागि आवश्यक नियमनकारी संरचना बनाउने विषय छलफलमा आएको थियो।

अस्पतालको गुणस्तर र बिरामी सुरक्षासम्बन्धी मापदण्ड तोक्ने विषय पनि बैठकको कार्यसूचीमा थियो। विदेशी बिरामी र उनीहरूका सहयोगीका लागि मेडिकल भिसाको व्यवस्था गर्नेबारे पनि छलफल भएको छ। यो पहलबाट विदेशी मुद्रा आर्जन बढ्ने र उपचारका लागि नेपाली विदेश जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।

स्रोत

सम्बन्धित समाचार