वर्षाले आज एनपीएलका दुवै खेल प्रभावित हुने जोखिम

शुक्रबार दिनभर परेको वर्षाका कारण शनिबार हुने नेपाल प्रिमियर लिग, एनपीएलका दुवै खेल प्रभावित हुने जोखिम बढेको छ। तालिकाअनुसार पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज भिड्नेछन्। दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
मौसमविद् उज्ज्वल उपाध्यायले शनिबार साँझसम्मै सिमसिम पानी पर्ने र खेल हुने सम्भावना कम रहेको बताउनुभएको छ। उहाँका अनुसार बिहीबारको खेलका लागि भने मौसमले साथ दिएको थियो। काठमाडौँमा बिहीबार राति ढिलोदेखि सुरु भएको वर्षा शुक्रबार दिनभर रोकिएको थिएन।
जल तथा मौसम विज्ञान विभागका अनुसार चक्रवात अर्नबको अवशेष र पश्चिमी वायुको आंशिक प्रभावले वर्षा भइरहेको छ। विभागले शनिबार बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना औँल्याएको छ। बागमतीका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने विभागको पूर्वानुमान छ।
विभागको पछिल्लो पूर्वानुमानमा काठमाडौँमा वर्षाको सम्भावना ८० प्रतिशत देखाइएको छ। विभागका अनुसार शनिबार अपराह्नदेखि यो प्रभाव बिस्तारै घट्दै जानेछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


