१५ कात्तिक २०८३ English
English

'नेपाल्स दलित्स इन ट्रान्जिसन' पुस्तकलाई सुवेदी पुरस्कार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
'नेपाल्स दलित्स इन ट्रान्जिसन' पुस्तकलाई सुवेदी पुरस्कार

YouTube मा सब्स्क्राइब

'नेपाल्स दलित्स इन ट्रान्जिसन' पुस्तकले नेपाल अध्ययनसम्बन्धी उत्कृष्ट अनुसन्धानलाई दिइने सन् २०२५ को 'सुवेदी प्राइज फर द स्टडी अफ नेपाल' पाएको छ। बेलायतको रोयल एसियाटिक सोसाइटीले यसबारेको निर्णय सार्वजनिक गरेको छ। सामाजिक मानवशास्त्री प्राध्यापक डेभिड गेल्नर र अनुसन्धानकर्ता डा.

कृष्ण अधिकारीले पुस्तक सम्पादन गर्नुभएको हो। सोसाइटीका अनुसार निर्णायक मण्डलले सर्वसम्मतिले यो पुस्तक छनोट गरेको हो। निर्णायकहरूले पुस्तकलाई दलित अध्ययन, नेपाल अध्ययन र सामाजिक असमानतासम्बन्धी बहसमा उल्लेखनीय योगदान दिने कृतिका रूपमा मूल्याङ्कन गरेका छन्।

पुस्तकमा दलित लेखक र अनुसन्धानकर्तासहित धेरै विद्वानका अध्ययन पहिलोपटक एकै ठाउँमा समेटिएको जनाइएको छ। तिलक विश्वकर्मा, रक्षा राम हरिजन, पूर्ण नेपाली र रमेश सुनामलगायतका लेख यसमा समावेश छन्। सोसाइटीका अनुसार पुस्तक अनुसन्धानकर्ता, नीति निर्माता र राजनीतिक नेतृत्वका लागि उपयोगी सन्दर्भ सामग्री बन्नेछ।

पुस्तक नेपालकै बज्र बुक्सले प्रकाशन गरेको हो, जसको निर्णायकले प्रशंसा गरेका छन्। प्राध्यापक गेल्नर अक्सफोर्ड विश्वविद्यालयका इमेरिटस प्राध्यापक हुनुहुन्छ र नेपालको धर्म, समाज र संस्कृतिमा अनुसन्धान गर्दै आउनुभएको छ। डा.

अधिकारी अक्सफोर्डको इन्स्टिच्युट अफ सोसल एन्ड कल्चरल एन्थ्रोपोलोजीसँग आबद्ध हुनुहुन्छ र सेन्टर फर नेपाल स्टडिज युकेका संस्थापक पनि हुनुहुन्छ। यो पुरस्कार बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापना गरिएको हो।

स्रोत

सम्बन्धित समाचार