१४ कात्तिक २०८३ English
English

जेनजी आन्दोलनमा कास्की कारागारबाट भागेका बलात्कारका दोषी १५ महिनापछि मुस्ताङबाट पक्राउ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
जेनजी आन्दोलनमा कास्की कारागारबाट भागेका बलात्कारका दोषी १५ महिनापछि मुस्ताङबाट पक्राउ
तस्बिर: इमेजखबर

जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोषी ४८ वर्षीय नारायण घिमिरे १५ महिनापछि पक्राउ परेका छन्। उनी मुस्ताङको एक होटलबाट पक्राउ परेका हुन्।

अनलाइनखबरका अनुसार घिमिरेलाई बलात्कार मुद्दामा १६ वर्ष जेल सजाय भएको थियो। आन्दोलनका क्रममा भएको भिडभाडबीच उनी कारागारबाट उम्किएका थिए।

कारागारबाट भागेकै दिन उनी पोखराको लेकसाइडस्थित एक होटलमा पुगेका थिए। त्यसपछि उनी भारतसम्म पुगेको र पछि मुस्ताङ आइपुगेको अनलाइनखबरले उल्लेख गरेको छ।

फरार भएको लामो समयपछि प्रहरीले उनलाई मुस्ताङबाट नियन्त्रणमा लिएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 14 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार