धनुषामा १० दिनदेखि बेपत्ता ७ वर्षीय बालकको शव धानखेतमा फेला

धनुषामा १० दिनदेखि बेपत्ता एक ७ वर्षीय बालकको शव धानखेतमा फेला परेको छ। नगराइन नगरपालिका–७ देवडिहाका अजय झाका छोरा साकेत झा शनिबार मृत अवस्थामा फेला परेका हुन्।
उनी विजयादशमीको दिनदेखि बेपत्ता थिए। उनको शव घरबाट करिब अढाइ किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा फेला परेको हो।
बालक हराएको दस दिनपछि शव फेला परेको हो। क्लिकमाण्डूको समाचारअनुसार बालकको हत्या भएको आशंका गरिएको छ। घटनाबारे धनुषा प्रहरीले जानकारी दिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


