भोटेकोशी बाढीको दुई महिना: प्रभावित बालबालिकालाई पठनपाठनमा फर्काउने प्रयास

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीको दुई महिनापछि प्रभावित विद्यालयमा बिस्तारै पठनपाठन सुचारु हुन थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति मूल्याङ्कन प्रतिवेदनअनुसार रसुवा, नुवाकोट र धादिङका १८ विद्यालय प्रभावित भएका छन्। प्राधिकरणका अनुसार तीमध्ये ११ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्।
प्रतिवेदनले ती विद्यालयका ५६ भवनमा असर परेको देखाएको छ। तीमध्ये १५६ कोठामा पूरै र १५२ कोठामा आंशिक क्षति पुगेको छ। रसुवाकै उत्तरगया गाउँपालिकाका तीन विद्यालयका ६ भवनमा ३६ कोठा पूर्ण रूपमा बिग्रिएका छन्।
गोसाइँकुण्ड गाउँपालिकाको एउटा विद्यालयका दुई भवनका ११ कोठामा पनि पूर्ण क्षति पुगेको छ। नुवाकोटको विदुर नगरपालिकाका विद्यालयमा पनि बाढीको असर परेको छ। शिक्षा मन्त्रालयको योजना तथा बजेट शाखाका सहसचिव शङ्कर अधिकारीका अनुसार पाँच वर्षमुनिका बालबालिकाका लागि प्रारम्भिक सिकाइ कार्यक्रमलाई पनि निरन्तरता दिने प्रयास भइरहेको छ।
स्थानीय तहसँग समन्वय गरी बालबालिका बसिरहेको ठाउँनजिकैका विद्यालयबाट प्रारम्भिक सिकाइ र शिक्षा दिइएको मन्त्रालयले जनाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


