१४ कात्तिक २०८३ English
English

राजधानीमा फिल्म महोत्सवको रौनक: काठमाडौँ फिल्म फेस्टिभल र हरर फिल्म फेस्ट सुरु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
राजधानीमा फिल्म महोत्सवको रौनक: काठमाडौँ फिल्म फेस्टिभल र हरर फिल्म फेस्ट सुरु

YouTube मा सब्स्क्राइब

राजधानीमा शुक्रबारदेखि दुईवटा फिल्म महोत्सव एकैसाथ सुरु भएका छन्। काठमाडौं महानगरपालिकाको आयोजनामा तीनदिने 'काठमाडौं फिल्म फेस्टिभल २०८३' कात्तिक १५ गते आइतबारसम्म चल्नेछ। पहिलो दिन वसन्तपुरमा सम्पदा यात्रा, सांस्कृतिक कार्यक्रम र उद्घाटन समारोह भएको छ।

महोत्सवमा भारतीय अभिनेत्री शबाना आजमी, जापानी निर्देशक ताकायुकी नाकामुरा, सांघाई फिल्म एकेडेमीका प्राध्यापक मार्को मुलर र भारतीय फिल्म प्रोग्रामर दीप्ती डीकुन्हालगायत सहभागी हुनुहुन्छ। महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार फिल्म प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, रेड कार्पेट र पुरस्कार वितरण हुनेछ। शनिबार अभिनेत्री आजमीसँग फिल्म र जीवनका अनुभवबारे अन्तरसंवाद तय छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले कथा सुनाउने काठमाडौंको पुरानो संस्कारलाई युवा पुस्ता र सिनेमासँग जोड्न महोत्सव गरिएको बताउनुभएको छ। यता, रुसी सदनमा शुक्रबार दिउँसो दोस्रो काठमाडौं हरर फिल्म फेस्टिभल पनि सुरु भएको छ। नेपाल फिल्म एन्ड कल्चरल एकेडेमी र सिनेमेकर्सको आयोजनामा भएको यो महोत्सवको उद्घाटन प्रमुख अतिथि, चलचित्र विकास बोर्डका अध्यक्ष मनीष पण्डितले दीप बालेर गर्नुभएको हो।

पण्डितले विधागत चलचित्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उद्घाटनमा रुसी सदनकी निर्देशक अनास्तासिया खोख्लोभा र जापानी दूतावासका उपप्रमुख यासुहारु सिन्तोलगायत उपस्थित हुनुहुन्थ्यो। दर्शकको सहभागिता बढाउन यस पटक प्रत्यक्ष मत प्रणाली सुरु गरिएको छ, जसबाट विजेता चलचित्र छानिनेछ।

स्रोत

सम्बन्धित समाचार