पछिल्ला घटनाक्रमबारे छलफल गर्न कांग्रेसले आइतबार बोलायो विशेष बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार विशेष बैठक बोलाएको छ। बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ।
पछिल्ला समसामयिक घटनाक्रमबारे छलफल गरी सरकारको ध्यानाकर्षण गराउन बैठक बोलाइएको कांग्रेसका एक पदाधिकारीले अनलाइनखबरलाई बताए। सरकारका पछिल्ला विवादित गतिविधिबारे बैठकमा छलफल हुने नेपाल प्रेसले जनाएको छ।
नेपाल लाइभका अनुसार बैठकमा सञ्चारगृहमा प्रहरी पसेर पत्रकारलाई नियन्त्रणमा लिएको घटनाबारे छलफल हुनेछ। पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजन तथा पूर्वसभापति शेरबहादुर देउवा पक्षले अघि बढाएको समानान्तर महाधिवेशनको विषय पनि बैठकको छलफलमा रहनेछन्।
सञ्चारगृहमा प्रहरी प्रवेश र पत्रकार पक्राउको घटनाको विभिन्न राजनीतिक दल र संगठनले विरोध गरिरहेका बेला कांग्रेसले यो बैठक बोलाएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


