१५ कात्तिक २०८३ English
English

लुम्बिनी–गोवा पर्यटन सर्किट र भैरहवा–गोवा सिधा उडानको प्रस्ताव

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
लुम्बिनी–गोवा पर्यटन सर्किट र भैरहवा–गोवा सिधा उडानको प्रस्ताव

YouTube मा सब्स्क्राइब

भारतको गोवा र बुद्ध जन्मस्थल लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा जोड्ने तथा भैरहवा–गोवा सिधा उडान चलाउने प्रस्ताव गोवा सरकारसमक्ष पेस गरिएको छ। गोवामा भएको भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६ मा पुगेको नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको टोलीले यो प्रस्ताव राखेको हो। चेम्बरका प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलको नेतृत्वमा गएको टोलीले गोवाका मुख्यमन्त्री डा.

प्रमोद सावन्तसँग भेट गरेको छ। भेटमा पर्यटन र सेवा उद्योगमा संयुक्त लगानी गर्ने विषय पनि उठेको छ। मुख्यमन्त्री सावन्तले नेपाल–गोवा पर्यटन र व्यावसायिक साझेदारीको सम्भावनालाई सकारात्मक रूपमा लिँदै सहकार्य गर्न सकिने बताउनुभएको छ।

प्रस्तावमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा हवाई सेवा चलाउने, संयुक्त लगानी गर्ने र होटल तथा आतिथ्य क्षेत्रमा मिलेर काम गर्ने कुरा समेटिएको छ। नेपाली टोलीले पोखरा–गोवा पर्यटन साझेदारीको प्रस्ताव पनि गोवा सरकारसमक्ष राखेको छ। धार्मिक र सांस्कृतिक पर्यटनका लागि चिनिने लुम्बिनी र समुद्री पर्यटनका लागि प्रसिद्ध गोवाबीच पर्यटकको दोहोरो आवागमन बढाउनु प्रस्तावको उद्देश्य रहेको छ।

स्रोत

सम्बन्धित समाचार