गोरखाको ज्यामिरेघाटमा पक्की पुल बनाउने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्री सुधन गुरुङले गोरखाको ज्यामिरेघाटमा पक्की पुल बनाउने प्रतिबद्धता जनाउनुभएको छ। मतदाता भेटघाटका लागि गण्डकी गाउँपालिका पुग्नुभएका गृहमन्त्रीसमक्ष स्थानीयले पुलको अभावले कृषि उपज बेच्न समस्या भएको गुनासो गरेका हुन्। स्थानीयका अनुसार सडक र पुल नहुँदा गाउँमा फलेको तरकारी बेलैमा बजारसम्म लैजान सकिँदैन।
ढुवानी कठिन हुँदा उपजले उचित मूल्य पाउँदैन र कतिपय तरकारी बिक्री नभएर बारीमै कुहिने गरेको किसानको गुनासो छ। दिनरात खटेर उब्जाएको उपजबाट मेहनतअनुसारको आम्दानी हुन नसकेको उनीहरूको भनाइ छ। पुल नहुँदा कृषि उपजको बिक्री मात्र होइन, स्थानीयको दैनिक आवतजावतमा पनि असर परेको उनीहरूले बताएका छन्।
स्थानीयले पुल निर्माणलाई प्राथमिकतामा राख्न गृहमन्त्रीसँग आग्रह गरेका छन्। गुनासो सुनेपछि गृहमन्त्री गुरुङले ज्यामिरेघाटको पक्की पुलका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


