१५ कात्तिक २०८३ English
English

एनपीएल: वर्षाले छोट्याइएको खेलमा सुदूरपश्चिमलाई ३५ रनले हराउँदै विराटनगरको पहिलो जित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सले पहिलो जित निकालेको छ। शनिबार राति कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको हो।

वर्षा र विवादले बाधा पुगेको खेलमा विराटनगरले विस्फोटक ब्याटिङ गरेको थियो। वर्षाका कारण प्रभावित खेल ५–५ ओभरमा छोट्याइएको थियो। मैदानबाट कभर हटाएपछि खेल सञ्चालन गरिएको थियो।

मैदानको खराब अवस्थाका कारण खेलको टस राति ९ बजे हुने तय गरिएको थियो। तर सुदूरपश्चिम रोयल्सले टस गर्न आनाकानी गर्दा निर्धारित समय बितिसक्दा पनि टस हुन नसकेर खेल सुरु हुन ढिलाइ भएको थियो। खेल सुरु हुन ढिलाइ भएपछि मैदानमा रहेका समर्थकले देउसीभैलो शैलीमा भट्याएका थिए।

मैदानमा शनिबार साँझ जडान गरिएका ६ वटा फ्लडलाइटमध्ये एउटा बलेको थिएन। यो जितसँगै विराटनगर किंग्सले प्रतियोगितामा जितको खाता खोलेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 15 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार