चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत्

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि निगमले साबिकको खुद्रा बिक्री मूल्य नै कायम राखेको हो। भारतबाट आउने पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आएको थियो।
निगमका अनुसार आसन्न चाडपर्व र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य नबढाउने निर्णय गरिएको हो।
यस निर्णयसँगै निगमलाई ३ अर्ब रुपैयाँ घाटा हुने थाहाखबरले उल्लेख गरेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


