डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार, खोजीमा डेढ सय प्रहरी परिचालन

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ कैदी फरार भएका छन्। प्रारम्भिक जानकारीअनुसार उनीहरू शुक्रबार राति कारागारभित्र सुरुङ खनेर भागेका हुन्।
कैदीहरूले दुईवटा रड र चुलेसी प्रयोग गरेर सुरुङ खनेका थिए। सुरुङ खनिएको ठाउँमा बलौटे माटो देखिएको र त्यो हातले नै खन्न सकिने खालको रहेको बताइएको छ।
‘आठ जना मिलेर धमाधम खनेका भए एकै दिनमा पनि सुरुङ तयार भएको हुन सक्छ,’ घटनाबारे जानकारी दिँदै एक जनाले भने।
फरार कैदीहरूको खोजीका लागि डेढ सय प्रहरी परिचालन गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

