घटना दर्ता प्रणालीको विवरणबाट मतदाता नामावली अद्यावधिक गरिने

निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको अभिलेख प्रयोग गरेर मतदाता नामावली अद्यावधिक र विवरण प्रमाणीकरण गर्ने भएको छ। यसका लागि आयोग र विभागबीच यही कात्तिक १२ गते समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार व्यक्तिगत घटना दर्ता प्रणाली र सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा भएका विवरण नामावलीका लागि उपयोग गरिनेछ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विभागले घटना दर्तासम्बन्धी विवरण सुरक्षित प्राविधिक माध्यमबाट आयोगलाई उपलब्ध गराउने बताउनुभएको छ। विवरण आदानप्रदान र उपयोगका लागि आवश्यक प्राविधिक प्रणाली विकास गरिने समझदारीपत्रमा उल्लेख छ। तथ्याङ्कको सुरक्षा र गोपनीयता कायम राख्ने व्यवस्था पनि मिलाइने जनाइएको छ।
नामावली अद्यावधिक प्रक्रियालाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले दुई निकायले यो सहकार्य थालेका हुन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

