१४ कात्तिक २०८३ English
English

बैंकक सम्मेलनबाट ऊर्जामन्त्री श्रेष्ठ फर्किए, विपद् अनुगमनमा एआई प्रयोग गर्ने प्रस्ताव

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बैंकक सम्मेलनबाट ऊर्जामन्त्री श्रेष्ठ फर्किए, विपद् अनुगमनमा एआई प्रयोग गर्ने प्रस्ताव
तस्बिर: रातोपाटी

काठमाडौँ, कात्तिक १४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको बैंककमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर शनिबार नेपाल फर्किएका छन्।

यो सम्मेलन संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईएससीएपी) सँग सम्बन्धित थियो।

सम्मेलनमा मन्त्री श्रेष्ठले पहाडी भूभाग र नदी प्रणालीको नियमित अनुगमन गर्न प्रस्ताव राखेका थिए। उनले यसका लागि भूउपग्रह, भूस्थानिक विश्लेषण र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढाउनुपर्ने बताएका थिए।

विपद्को जोखिम समयमै पत्ता लगाएर पूर्वानुमान गर्नुपर्नेमा पनि उनले जोड दिएका थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 14 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार