लुम्बिनी प्रदेशका ८० स्थानीय तहमा दमकल छैन

लुम्बिनी प्रदेशका झन्डै ८० स्थानीय तहसँग आगो निभाउने दमकल छैन। बुधबार बेलुका दाङको बबई गाउँपालिकास्थित हापुरे बजारको एउटा कस्मेटिक पसलमा आगलागी हुँदा यो अभाव देखिएको छ। स्थानीयले आगो निभाउन प्रयास गरे पनि आगो नियन्त्रणमा आउन सकेन।
बबईसँगै छिमेकी शान्तिनगर र दंगिशरण गाउँपालिकामा पनि दमकल छैन। करिब २४ किलोमिटर टाढाको तुलसीपुर उपमहानगरपालिकाको दमकल जेनजी आन्दोलनका बेला आगजनीमा जलेपछि अझै सञ्चालनमा आएको छैन। पश्चिम दाङका चारवटा स्थानीय तहबाट दमकल जुटाउन नसकेपछि घोराही उपमहानगरपालिकाबाट मगाइएको थियो।
झन्डै ५० किलोमिटर पार गरेर दमकल पुग्दासम्म पसल पूरै जलिसकेको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


