सुरक्षित खानेपानी आधाभन्दा कम जनसंख्याको पहुँचमा: तथ्याङ्क कार्यालय

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदन अनुसार नेपालमा करिब साढे ४७ प्रतिशत जनसंख्याले मात्र सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी पाएको छ। कार्यालयले नेपालमा खानेपानी तथा सरसफाइको अवस्था शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा करिब ९० प्रतिशत जनसंख्याको घर परिसरसम्म सुधारिएको खानेपानी पुगेको उल्लेख छ।
तर परीक्षण गरिएका पानीका स्रोतमध्ये ४६ प्रतिशतभन्दा बढी नमुनामा इकोली ब्याक्टेरिया भेटिएको छ। उपभोक्ताले प्रयोग गर्ने बेलाको पानीमा यो दर ६१ प्रतिशत नाघेको छ। सरसफाइतर्फ करिब ९२ दशमलव ८ प्रतिशत जनसंख्यासम्म सुधारिएको सुविधा पुगेको छ।
सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ भने करिब ३९ दशमलव ९ प्रतिशत परिवारसँग मात्र छ। कार्यालयका निर्देशक विनोदशरण आचार्यले संरचना बनाउनुलाई मात्र उपलब्धि मान्न नसकिने र सेवाको गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


