१४ कात्तिक २०८३ English
English

पत्रकार धरपकडको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पत्रकार धरपकडको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन
तस्बिर: इमेजखबर

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। शनिबार बनस्थलीस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो।

प्रवक्ता जगदीश खरेलका अनुसार सादा पोशाकका प्रहरी समाचार कक्षमा पसेर पत्रकारलाई पक्राउ र धरपकड गरेको घटनाको छानबिन गर्न बैठकले सरकारलाई निर्देशन दिएको छ। पत्रकार तथा सञ्चारकर्मीमाथि सोधपुछ वा पक्राउ किन र कसरी भयो, कसले गर्‍यो भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पार्टीको भनाइ छ।

बैठकले सञ्चारगृहको न्युजरुममा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिइएको घटना गलत भएको ठहर गर्दै प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ। त्यस्ता गतिविधि गर्नेमाथि हुने कारबाहीमा कुनै सम्झौता र ढिलासुस्ती नगर्न पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि हुन नसक्ने बताए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 14 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार