१५ कात्तिक २०८३ English
English

छठपर्वमा सीर्सिया नदीमा उद्योगको फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
छठपर्वमा सीर्सिया नदीमा उद्योगको फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने
तस्बिर: नागरिक

आसन्न छठपर्वका अवसरमा पर्साको सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने भएको छ। सर्वदलीय/सर्वपक्षीय बैठकले छठ पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिजवस्तु, पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको हो।

छठपर्वमा व्रत बस्ने बर्तालुहरूको सुविधाका लागि यो निर्णय गरिएको बैठकले जनाएको छ। छठपर्वमा बर्तालुहरूले नदी तथा जलाशयमा पूजा गर्ने भएकाले पूजा अवधिभर नदीमा उद्योगबाट फोहर नमिसाउन यो निर्णय गरिएको हो।

निर्णयअनुसार पूजा अवधिभर सीर्सिया नदीमा उद्योगहरूबाट कुनै पनि किसिमको फोहर तथा पदार्थ विसर्जन गर्न पाइने छैन।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 15 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार